राजनीति
एमाले सल्लाहकार परिषदको अध्यक्षमा अमृत बोहोरा चयन
२०७८ मंसिर २५ गते १४:१६
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् । उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो । एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष थिए ।...
ट्रेन्डिङ