राष्ट्रसंघकी आवासिय संयोजक
राष्ट्रसंघीय आवासीय संयोजकले बुझाइन् ओहोदाको प्रमाणपत्र
२०७७ माघ १३ गते १२:४८
काठमाडौं । नेपालका लागि राष्ट्रसंघकी आवासीय संयोजक सारा बिसोलोले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी छिन् । मंगलबार सिंहदरबारमा आयोजित भेटमा बिसोलोले प्रमाणपत्र बुझाएकी हुन् । नेपालस्थित राष्ट्रसंघीय कार्यालयमा नेपाल संयोजकको रुपमा उनले कार्यभार सम्हालेकी छिन् ।