एमालेको नयाँ विधान
एमालेको नयाँ विधानका २३ विशेषता– सीमान्तकृतलाई सकारात्मक विभेद, अनुशासनमा कठोर नियम (सूचीसहित)
२०७८ असोज १६ गते १६:३४
नेकपा एमालेले अब पार्टीमा लोकतन्त्रका नाममा अनुशासनहीन गतिविधिलाई छुट नहुने विधानमै व्यवस्था गर्ने भएको छ । उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन दस्तावेजमै पार्टीभित्र उत्पन्न पछिल्ला संकट र गुटबन्दीको दृष्टान्त दिँदै अब त्यो छुट नहुने बताएका छन् ।