कडा लकडाउन
बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने
२०७८ असार २२ गते १३:३०
ढाका । बङ्गलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागू हुने भएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।...