कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी रजिष्ट्रारको कार्यालयमा अतिआवश्यक बाहेकका सेवा बन्द
२०७९ वैशाख २३ गते १६:११
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि अतिआवश्यक सेवा बन्द गरिएको जनाएको छ । कार्यालयका उपरजिष्ट्रार अच्युत ढुङ्गानाले निर्वाचनपश्चात् मात्र सेवा सुचारु...