गिरीबन्धु टी स्टेट
गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न निर्देशन
२०७८ भदौ १ गते १७:३५
काठमाडौं । झापास्थित गिरीबन्धु टी स्टेट प्रालिको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टासम्बन्धि मन्त्रीपरिषदको निर्णय कार्यान्वयन नगर्न/ नगराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले सो कम्पनीको स्वामित्वमा रहेको जग्गा सट्टापट्टा गर्न...