गीता माझी
श्रीमान्को पाशविक हर्कतले घाइते भएकी गीताको मृत्यु
२०७९ जेठ १७ गते ८:४३
काठमाडौं । घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । माझीको सोमबार अपरेसन गरिएको थियो ।...