तटीय क्षेत्र
नदीहरूमा बहाब बढेका कारण तटीय क्षेत्रमा जोखिम
२०७८ असार १२ गते ९:०३
काठमाडौं । नेपालमा विभिन्न ठाउँमा भएको मध्यम तथा भारी वर्षाका कारण नदी आसपासका बस्तीमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शनिबार कन्काई, कोशी, कमला, बागमती जलाधारका क्षेत्रमा वर्षाका कारण बहाब घटबढ हुने क्रम भइरहेका छन् । ती स्थानहरूमा विशेष सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।