पाँच दल
भागबण्डा मिलाउन पाँच दलका अध्यक्षबीच बैठक बस्दै, सहमतिका लागि अधिकतम प्रयास गर्ने
२०७९ वैशाख १२ गते ६:४६
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबीच बैठक बस्दैछ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने बताइएको छ ।