भीरबाट लडेर मृत्यु
स्वास्थ्यचौकीको सामान सार्ने क्रममा लडेर एकजनाको मृत्यु
२०७८ साउन १० गते ११:२४
संखुवासभा । सिलिचोङ गाउँपालिका-१ केवाडाँडाका २१ वर्षीय दिनेश राईको भीरबाट लडेर मृत्यु भएको छ । स्वास्थ्य चौकीको सामान सार्नेक्रममा टेवल बोकेर आउँदै गर्दा साँघुरो बाटोका कारण बाटोबाट तल सिसुवा खोलाको दहमा खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ । हिजो अपरान्ह भएको घटनाको जानकारी पाएलगत्तै प्रहरी...