युद्धविरोधी प्लेकार्ड
युद्धविरोधी प्लेकार्ड देखाउने रुसी टेलिभिजन सम्पादकलाई २८० डलर जरिमाना
२०७८ चैत २ गते ८:१९
काठमाडौं । युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले २८० डलर जरिमाना सुनाएको छ । टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार वाचिकाको पछाडि उभिएर ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् । सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी...