विश्व पौडेल – Nepal Press
विश्व पौडेल

प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा पौडेलले सहभागिता जनाउने

काठमाडौं । अतिकम विकसित मुलुकहरुको उच्चस्तरीय एसिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालको तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले सहभागिता जनाउने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई भर्चुअलरुपमा सहभागिता जनाउन अनुमति दिएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन् ।