सप्तकोशी नदी
सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, गरैया टापुका २५ परिवारलाई उद्धार गरिँदै(भिडियाे)
२०७८ भदौ १३ गते १५:०७
पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् । सप्तकोशीमा बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ ।