स्वास्थ्य बीमा कार्यक्रम
बीमा कार्यक्रमलाई सबै नागरिकको पहुँचमा हुने गरि कार्यान्वयन गर्छौं : स्वास्थ्यमन्त्री तामाङ
२०७८ जेठ २४ गते १६:०१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका छन् । मन्त्रालयद्वारा सोमबार आयोजित प्रेसमिटमा बीमा कार्यक्रमलाई सबै नागरिकको पहुँचमा लैजाने बताए । ‘यसबारे हामी अन्तर्राष्ट्रिय अनुभव लिएर बीमा सम्बन्धी पुनर्संरचनाको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँछौं’ मन्त्री तामाङले भने, ‘कोही पनि पैसा...