यी हुन डोनाल्ड ट्रम्प भन्दा अगाडि हत्या प्रयास र हत्या गरिएका अमेरिकी राष्ट्रपति उमेदवारहरु – Nepal Press

यी हुन डोनाल्ड ट्रम्प भन्दा अगाडि हत्या प्रयास र हत्या गरिएका अमेरिकी राष्ट्रपति उमेदवारहरु

काठमाडौं । आज अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भयो । चुनावी सम्बोधनको क्रममा यस्तो भएको हो ।

ट्रम्पको कानमा रगत देखिएको छ । तर, उनको अवस्था चिन्तामुक्त भएको बताइएको छ ।

आज हत्या प्रयास गरिएका ट्रम्प नै यस्तो योजनामा पारिएका प्रथम अनुहार होइनन् । अमेरिकी इतिहासमा राष्ट्रपति तथा राष्ट्रपतीय उमेदवारको हत्याको लामो श्रृङ्खला छ ।

अमेरिकी अखबार युएनए टूडेको सामाग्रीमा आधारित रहेर यहाँ त्यसको चर्चा गरिएको छ ।

१. सन १९८१ मार्च ३० मा रोनाल्ड रेगन

चार दशक अगाडि पनि यस्तै घटना भएको थियो जस्तो आज भयो । सन १९८१ को मार्च ३० मा रोनाल्ड रेगनको हत्या प्रयास भयो ।

जोन हिङ्कलेले गोली प्रहार गरेका थिए । राष्ट्रपतिको कुर्सीमा बसेको ठीक दुई महिना पछि यस्तो भएको थियो । ७० वर्षका रेगन गम्भीर घाइते भएका थिए । उनी दुई हप्ता बढी अस्पतालमा बसेका थिए ।

२. सन १९६८ जुन ५ रोबर्ट एफ केनेडी

सन १९६८ जुन ५ को दिन जोन एफ केनेडीका भाइ चुनावी अभियानमा थिए । त्यसै क्रममा उनलाई प्यालेस्टाइनी अधिकारवादीले गोली प्रहार गरे ।

गोली लागेको भोलिपल्टै उनको मृत्यु घोषणा भयो । उनी गोली हानिएको दिन डेमोक्रेटिक दलको राष्ट्रपतीय उमेदवारीको लागि क्यालिफोर्नियामा अभियान चलाइरहेका थिए ।

आफ्ना दाजु राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको पाँच वर्ष नपुग्दै उनको पनि राष्ट्रपतीय उम्मेदवार हुँदै हत्या भएको थियो ।

३. सन १९६३ नोभेम्बर २२ जोन एफ केनेडी

जोन एफ केनेडी राष्ट्रपति हुँदै सन १९६३ नोभेम्बर २२ मा हत्या गरिएका हुन् । अमेरिका डालामा यस्तो भएको थियो ।

उनको हत्या भएपछि उपराष्ट्रपति लिण्डन बी. जोन्सन ३६ औँ राष्ट्रपति बनेका थिए । केनेडीलाई गोली प्रहार गरिएको केहि समयमै उनको मृत्यु भएको थियो ।

४. सन १९१२ अक्टोबर १४ थियोडर रुजबेल्ट

सन १९१२ अक्टोबर १४ का दिन डेमोक्रेटिक दलका थोयोडर रुजबेल्टलाई दोस्रो कार्यकालको राष्ट्रपतीय चुनावको क्रममा मिलवाउके नामको क्षेत्रमा गोली हानियो ।

उनको छातीमा गोली लाग्यो । तर, आफ्नो मेडिकल सेवा लिनु भन्दा अगाडि उनले तयार गरेको भाषण गिलप्याट्रिक होटल अगाडि राखे । यसले उनलाई चर्चित बनायो ।

५. सन १९०१ सेप्टेम्बर ६ विलियम म्याकिन्ले

रिपब्लिकन राष्ट्रपति उम्मेदवार विलियम म्याकिन्नेलाई सन १९०१ सेप्टेम्बर ६ मा गोली हानिएको थियो । न्यू योर्कको बफेलो क्षेत्रमा उनलाई गोली हानी हत्या गरिएको थियो ।

पेटमा गोली लागेका ५८ वर्षका उनको हत्यामा देश स्तब्ध बनेको थियो ।

६. सन १८८१ जुलाई २ जेम्स ए. गारफिल्ड

सन १८८१ जुलाई २ मा राष्ट्रपति जेम्स ए. गारफिल्डको हत्या भएको थियो । अमेरिकाका २१ औँ राष्ट्रपति उनको गोली प्रहार भएको दुई महिनापछि मृत्यु भएको थियो । उनी रिपब्लिकन दलका राष्ट्रपति भएका थिए ।

७. सन १८६५ अप्रिल १४ अब्राहम लिङ्कन

त्यो बेला अहिलेको रिपब्लिकन पार्टीलाई नेसनल युनियन पार्टी भनिन्थ्यो । त्यो दलबाट चुनिएर राष्ट्रपति भएका थिए अब्राहम लिङ्कन । उनको सन १८६५ अप्रिल १४ मा हत्या भएको थियो ।

पदमै हुँदा हत्या हुने प्रथम अमेरिकी अनुहार उनै हुन् । उनले नाटक हेरिरहँदा वासिङटन डिसीमा उनलाई पछिबाट गोली हानेर हत्या गरिएको थियो । हत्या गर्ने चर्चित अभिनेता विल्स बुथ थिए ।

८. सन १८८५ जुन २७ मेयर जोसेफ स्मिथ

अमेरिकी धार्मिक नेता स्थिमको सन १८८५ जुन २७ मा हत्या गरिएको थियो ।

आफ्नो चर्च र आफ्नो बारेमा आलोचनात्मक समाचार लेख्ने अखबार ध्वस्त गर्ने आदेश दिएपछि त्यसको प्रतिक्रियामा आएको भिडले उनलाई गोली हानेको बताइएको छ ।

राष्ट्रपतीय उमेदवारलाई गोली हानिएको यो पहिलो घटना थियो ।

९. सन १८३५ जनवरी ३० एन्ड्रू ज्याक्सन

सन १८३५ जनवरी ३० मा पेन्टरले गोली हानेर हत्या प्रयास गरिएका थिए राष्ट्रपति एन्ड्रू ज्याक्सन । तर दुवै गोलीले गलत निशाना लाएपछि उनी जोगिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर