बक्स अफिसभन्दा गुणात्मक रुपमा राम्रो चलचित्रले इतिहास लेख्ने हो । ‘नुमाफुङ’, ‘साम्बाला’ जस्ता चलचित्रले नै बहस सृजना गर्ने तागत राख्छन्, तर बक्स अफिसकै बागडोर सम्हाल्न आइपुगेका भनिएका कलाकारलाई गाह्रो हुने देखिएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा भए पनि अधिकांश कर्मचारी अनेकन् बहानामा कार्यक्षेत्रमै भेटिँदैनन् भने सांसदहरू संसद् चलेकै समयमा मात्रै पुग्ने गर्दछन् । बजेट बनाउने समयमा अलिक धेरै चहलपहल देखिने यहाँ अहिले त्यति चहलपहल हराएको मन्त्री, सांसद तथा कर्मचारीहरू आफै स्वीकार गर्दछन् ।
नेपालबाट आजभोलि धेरै मान्छे अस्ट्रेलिया आउने गर्छन् । उनीहरुलाई उनको एउटै सल्लाह छ- यहाँ पैसा फल्दैन । कठोर मेहनत गर्नुपर्छ भन्ने कुरालाई सम्झनुपर्यो । अर्को कुरा घरेलु हिंसालाई यहाँ ठूलो अपराध मानिन्छ । त्यसैले त्यसप्रति पटक्कै लापरबाही गर्नुभएन ।